नेवि संघको नेतृत्वप्रति सबैको विश्वास स्थापना गर्नुपरेको छ
मैले समाजमा जसरी समाजको राजनीतिक मात्रै नभएर समाजमा जसरी नैतिकविहीनताको परिस्थिति देखिएको छ, आचरणहीनता बढेको छ, त्यसलाई नियन्त्रण गर्न पहिलो कुरा मैले शिक्षालाई नैतिकतामा आधारित मानवताको शिक्षाको पाठ्यक्रम बनाएर तल्लो तहदेखि माथिल्लो तहसम्मलाई सिकाउनुपर्छ भन्ने एउटा कुरा गरेको छु । अर्को कुराचाहिँ प्राविधिकतर्फ पनि हामीले ध्यान दिनुपर्छ । वैज्ञानिक र जीवनोपयोगी शिक्षा हाम्रा लागि आवश्यक छ । यी कुरामा मैले जोड दिएको छु । अर्को कुरा हिजो मैले उठाएका मुद्दाहरु सेमिष्टर प्रणाली, ग्रेडिङ प्रणाली लगायतका मुद्दाहरु आज राज्यले सम्बोधन गरेको पनि छ । अझै धेरै शैक्षिकदेखि प्राविधिकतर्फका मुद्दाहरु बाँकी नै छन्, हरेक प्रदेशमा सरकारको तर्फबाट मेडिकल कलेजको स्थापना, इन्जिनियरिंग कलेजको स्थापना, कृषि क्याम्पस लगायतका थुप्रै मुद्दाहरु सम्बोधन हुन बाँकी छन् । र श्रमको सम्मान गर्ने परिपाटीको शिक्षा पनि अगाडि बढ्नसकेको छैन । यी त शैक्षिक विषय भयो । राजनीतिक रुपमा भन्नुपर्दा दुईवटा कांग्रेस एकीकरण भइसकेपछाडि दुईवटा विद्यार्थी संगठनको पनि एकीकरण भएको थियो । त्यसपछिको पहिलो महाधिवेशन भएको कारणले पनि सबै कार्यकर्ताको दिल छुने, उसको धड्कनसँग यो संगठनलाई सबैको साझा संगठन बनाएर र पार्टीकै पनि सञ्जीवनी बुटीको रुपमा विकास गर्न जरुरी छ । त्यसका लागि हामी लागिरहेका छौँ । अब अहिले भन्नुपर्दा नेवि संघको नेतृत्वप्रति सबैको विश्वास स्थापना गर्नुपरेको छ ।