prevnext
Menu

महाकाण्ड पुस्तक

                      Maha Kanda
तीन बर्षे सरकारमा रहदा गरेका काला करतूत छरलंग हुने गरी नेपाली काँग्रेसका केन्द्रीय सदस्य नैन सिंह महर द्वारा लिखित महाकाण्ड पुस्तक बाट रातोपिरो परेका के पी ओली सोही कुरा नेपाली काँग्रेसको घोषणा पत्रमा पनि देख्दा होस गुमाएर जथाभावी बरबराउदै छन ।
लोकतन्त्र दीवसका दिन सार्बजनिक गरिएको नेपाली काँग्रेसको स्थानीय तह केन्द्रित घोषणा पत्रले के पि ओली सरकारले गरेका काण्ड बारे पुन स्मरण गराई अधिनायकवाद तर्फ लामिकेका ओलीको यथार्त चरित्र आम नेपाली जनताको मस्तिष्कमा पुन जागरण गरेको छ । यस्ता थिए महाकण्ड पुस्तकमा समेटीएका के पी सरकारका काण्डहरु जून नेपाली कॉंग्रेस घोषणा पत्रमा पनि स्मरण गराएको छ ,
(१) सरकारी जग्गा यतीलाई हस्तान्तरण
(२) मेडिकल उपकरणमा ३ अर्ब भ्रष्टाचार
(३) वाइडबडी खरिदमा ६ अर्ब भ्रष्टाचार
(५) ओम्नी समूहलाई स्वास्थ्य सामग्रीको ठेक्का
(६) अनुदानको सामान छोडेर नक्कली स्वास्थ्य सामग्री खरिद
(७) राष्ट्रिय गौरवका आयोजनाबाट अर्बौंको कमिसन
(८) ट्रष्ट र सरकारी जग्गा यती समूहलाई हस्तान्तरण
(९) सेक्युरिटी मेसिन खरिदमा ७० करोडको बार्गेनिङ
(१०) सिण्डिकेट जोगाएर अर्बौंको कमिसन र घुस
(११) संघीय सांसदलाई दिनदहाडै अपहरण
(१२) पार्टी फुटाउन दल बिभाजनको अध्यादेश जारी
(१३) आलोचकलाई सल्लाहकारको ज्यान मार्ने धम्की
(१४) एमसीसी पास नहुँदै कार्यान्वयन सम्झौता लागू
(१५) संवैधानिक अंगलाई गुटको भर्ती केन्द्रमा रुपान्तरण
(१६) मदन भण्डारी फाउन्डेसनका नाममा देशभरि गुट भेला
(१७) मिडिया नियन्त्रण गर्न मिडिया काउन्सिल विधेयक
(१८) संसद चल्दाचल्दै संसद अधिवेशन अन्त्यको घोषणा
(१९) संकटकाल लगाउन पटकपटक छलफल र प्रयास
(२०) चीनसँग गरिएका सम्झौता कार्यान्वयनमा अरुचि
(२१) मन्त्रालयहरुमा भ्रष्टाचारको सम्भावना खोज्ने गिरोह गठन
(२२) सचिवलाई उचालेर मन्त्रीहरुमाथि प्रहार, काममा अवरोध
(२३) बालुवाटारको जग्गा अतिक्रमण गर्ने नेताको संरक्षण
(२४) आफ्नै प्रदेश सरकार गिराउन अविश्वासको प्रस्ताव
(२५) खुलामञ्चमा निमुखालाई खाना बितरणमा रोक
(२६) कुलमानलाई अवकाश, असक्षम सालोलाई नियुक्ति
(२७) पर्सामा आफ्नै पार्टी कार्यकर्ताको हत्यारालाई संरक्षण
(२८) सरकारी अड्डालाई असक्षम गिरोहको भर्तीकेन्द्रमा रुपान्तरण

Leave a reply

Your email address will not be published. Required fields are marked *