prevnext
Menu

युवा नेतृत्व

हामीजस्ता युवाहरूले कांग्रेसमा युवा नेतृत्वको सवाल पनि उठाइरहेका छौं । पार्टीमा युवा दृष्टिकोण र युवा चिन्तन भएका नेतृत्व आउनु आवश्यक छ । उमेरले मात्रै युवा भएर पनि नहुँदोरहेछ । चिन्तन पनि युवा हुनुपर्ने रहेछ । किनकि, योभन्दा अगाडि नेपाली कांग्रेस केन्द्रीय समितिमा ५२ प्रतिशत युवाहरू थिए । तर, ती युवाले पार्टीका भ्रातृसंस्थालाई बलियो बनाउने, पार्टीलाई प्रजातन्त्रीकरण गर्ने, पार्टीको आन्तरिक जीवनलाई बलियो बनाउने, त्यसका लागि आन्तरिक प्रजातन्त्र बलियो बनाउने, विभिन्न विभाग बलियो बनाउनेलगायत कुनै पनि क्रियाकलापमा जबर्जस्त भूमिका देखाउन सकेनन् । त्यसैले हिजो भोट हालेका साथीहरूले देशभरिबाट भन्दै छन्– पुरानो निर्णयलाई पुनर्विचार गर्नुपर्ने भयो । त्यसैले अब सोचमा युवा भएको नेतृत्वको पक्षमा माहोल तयार भएको छ ।

Leave a reply

Your email address will not be published. Required fields are marked *