कांग्रेसले अबको मूल राष्ट्रिय संकल्पक रुपमा आर्थिक विकास र समुन्नत नेपालको नीतिलाई आत्मसाथ गर्ने भएको छ | कांग्रेसको १३ औं महाधिबेशनका लागि तयार गरिएको मुख्य राजनैतिक प्रस्तावमा यसलाई समावेश गरिएको छ | नेपाली जनताले आफैले बनाएको संविधानलाई निर्देशक सिद्धान्तका रुपमा स्वीकार गर्दै आर्थिक उन्नतिको अभियान चलाउने अठोटका साथ् अबको मार्ग विकास गर्न अघि बढेको नेपाली कांग्रेसले आर्थिक उन्नतिका लागि सबै सामाजिक, आर्थिक नीतिहरुको कार्यान्वयन गर्ने प्रतिबद्धताका लागि कुशल र सक्षम नेतृत्व पहिचान गर्ने महत्वपुर्ण क्षण आएको छ |
5 years, 1 month ago
0